काठमाडौँ । गाइजात्रा पर्वको अवसरमा देशमा बिधमान राजनीति, सामाजिक तथा आर्थिकको बारेमा अन्याय, अत्याचार, बिकृति, बेथिति र भ्रस्टाचारका बिरुद्द जनताले मन खोलेर कसैको डर त्रास नराखी हास्य र व्यंग्यको माध्यमबाट आफ्नो भावना प्रस्तुत गर्ने उद्येश्यका साथ यथार्थ खबरले गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगिता-२०८२ गर्ने भएको छ । यथार्थ खबर प्रा. लि. ले सामाजिक सत्य र तथ्यलाई उजागर गर्दै यथार्थ खबरले गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगिता-२०८२ आयोजना गर्न लागेको हो ।
हरेक व्यक्तिहरु भित्र रहेका कला र साहित्य तथा नयाँ सोच र विचारले देशलाई कुकर्म गर्नेहरूबाट बचाउन र तिनीहरूको कामलाई हास्य व्यङ्ग्यको माध्यमबाट छताछुल्ल पार्न तथा देशलाई समृद्धिको बाटोमा अघि बढाउन देखेको र भोगेको अनुभव तथा नयाँ सोच र बिचार लाई भिडियो, कार्टुन चित्र, लेख र मुक्तकको माध्यमबाट प्रस्तुत गरि प्रतियोगितामा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारः रु. १,००,०००(एक लाख), द्वितीय पुरस्कारः रु. ५०,०००(पचास हजार) र तृतीय पुरस्कारः रु. २५,०००(पच्चीस हजार) दिईने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुनका लागि र आवश्यक जानकारीका लागि यो लिङ्कमा https://tinyurl.com/bdzykyju जान सकिनेछ । विविध जानकारीका लागि यथार्थ खबरको एप डाउनलोड गर्न सकिनेछ । जसका लागि App Store मा https://tinyurl.com/356dcvc4 Play Store मा https://tinyurl.com/bddxjh6u जान सकिनेछ ।
थप जानकारीका लागि तलको https://tinyurl.com/bdzykyju लिङ्कमा जान सकिनेछ ।







