धादिङ क्षेत्र नं १ बाट निर्वाचित रास्वपा सांसद आशिका तामाङ, जो सांसद हुनुभन्दा अगाडी चस्मामै गोप्य क्यामेरा फिट गरेर पिसाब गरिरहेकै अवस्थामा तथानाम गाली गर्ने, मोबाईल तेस्र्याउँदै अस्वभाविक हर्कत गर्ने गर्थिन् । यस्तै हर्कत गरेपछि उनी हिरासत समेत पुग्नु परेको थियो । अहिले आशिका रास्वपाकी निर्वाचित सांसद हुन् ।
निर्वाचनका बेला कतै भालेसँग भोट मागेर ट्रोल भईन् । कतै भ्रष्टा«चार गर्न आएको हो भनेर ट्रोलको सिकार भईन् । उनी यत्तिमा मात्रै सिमित भईनन् । संविधानको किताबलाई काखमा लिएर बनाएको टिकटकबाट झनै ट्रोल बनिन् ।
संसद बैठकबाट निस्कने क्रममा प्रश्न गर्दा उल्टै आशिकाले झुट बोलिन् । यो भिडियो मैंले बनाएको होईन्, एआईले बनाएको हो भन्दै पत्रकारलाई छल्ल सफल भईन् ।
फेरी अर्को दिन, बुधबारको संसद बैठकबाट बाहिरिने क्रममा माननीय आशिकालाई मैंले व्यङ्ग्य गर्दै प्रश्न गरेको थिँए, तपाईंलाई त एआईले साह्रै नै धोका दियो है ? प्रश्न सुन्ने बित्तिकै आशिका तर्किईन् । प्रतिशोध नसाँध्निुस् भन्दै पन्छिन खोजिन् । निकै नै आक्रोशित भएको भाव अनुहारमा स्पष्ट देखिन्थ्यो । त्यसपछि मैंले.. हेर्नुस्, उहाँ आक्रोशित भएर निस्किनु भयो भनें । आशिकाले झनै आक्रोशित हुँदै मलाई भनिन्, तपाईंहरु काम गरेर खानुस् ।
वाह..क्या गज्जब जवाफ माननीय आशिका तामाङको भन्दै मनमनै सोचें ।
आशिका यत्तिमा मात्रै सिमित भईनन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत संसद परिसरमै महिला भ्युज कमाउने, भाईरल हुने उद्येश्यले महिला सांसदमाथि साईबर बुलिङ गर्ने प्रयास भएको भन्दै सरकारसँग कारबाहीको माग समेत गरिन् ।
उनले फेसबुकमा लेखेकी छन्, “हाम्रो सरकार समक्ष विनम्र अनुरोध र स्पष्ट मागः सिंहदरबार कार्यसम्पादन गर्ने स्थान हो, प्रदर्शन गर्ने स्थल होइन। सांसदहरूले कस्तो गाडी प्रयोग गरे वा कुन ब्रान्डको सामग्री बोके भन्नेभन्दा नीतिगत काम र जनसेवा नै प्राथमिक हुनुपर्छ र हुन्छ पनि ।
मिडियाप्रति हाम्रो सम्मान यथावत छ, तर केही मिडियामा देखिएको घेराबन्दी गर्ने, जबरजस्ती प्रतिक्रिया लिन खोज्ने र आवागमनमा अवरोध पुर्याउने व्यवहार पत्रकारिताको मर्यादासँग मेल खाँदैन । विशेषगरी महिला सांसदहरूलाई लक्षित हुने यस्तो व्यवहारले साइबर बुलिङ विरुद्ध उठाइएका आवाजसँग विरोधाभास सिर्जना गर्छ ।
प्रश्न सोध्ने र प्रतिक्रिया लिने प्रक्रिया स्पष्ट, सहमतिपूर्ण र मर्यादित हुनुपर्छ । व्यवस्थित संवादका लागि समय, स्थान र विधि तय गरेर अघि बढ्न सके सबै पक्षको गरिमा जोगिनेछ ।”
अब म माननीय आशिका तामाङलाई प्रश्न गर्न चाहन्छु ।
हिजो तपाईंले गोप्य क्यामेरा लिएर वैयक्तिक कुराहरूको समेत भिडियो खिच्ने, आज मैंले तपाईंलाई प्रश्न समेत गर्न नपाउने ?
हिजो तपाईंले संविधानको किताब लिएर टिकटक बनाउने म होईन्, एआईले हो भनेर दिउसै रात पार्न पाउने, आज मैंले एआईले तपाईंलाई साह्रै नै धोका दियो है भनेर प्रश्न गर्न नपाउने ?
हिजो तपाईंले मानिसहरु पिसाब गरिरहेकै अवस्थामा भिडियो बनाउँदै अस्वभाविक हर्कत गर्न पाउने, आज मैंले प्रश्न गर्दा काम गरेर खानुस् भन्ने ?







