सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि

जनता संवाददाता
२०७९ माघ १५ गते, आईतवार

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कयम भएको छ ।

शुक्रबार  छापावाल सुनकाे मूल्य  प्रतिताेला १ लाख  ५ हजार ८ सय रुपैयाँ थियाे । भने तेजाबी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने  १५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०७९ माघ १५ गते, आईतवार


Scroll to Top

Janata Media