लमजुङका प्रहरी सहायक हवल्दार गिरी सर्वोत्कृष्ट घोषित

जनता संवाददाता
२०७९ माघ १७ गते, मंगलवार

अमृत थापा, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङ विगत ६ वर्षदेखि कार्यरत प्रहरी सहायक हवल्दार दिपक गिरी पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। अपराध अनुसन्धानमा सक्रिय उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको गरेको हो।

प्रहरी सहायक हवल्दार गिरीले प्रविधिको प्रयोग ,बिशेष रुपमा सूराकी परिचालन र खबर संकलन गरी ५६ साल कार्तिक २९ गते लमजुङको धमिलिकुवा गा.वि.स वडा नं ३ स्थित एक पाखोमा नवजात शिशुलाई कर्तव्य गरी हत्या पश्चात् फरार रहेकी महिलालाई २३ बर्ष पछि पुस १६ गते चितवनबाट पक्राउ गर्न अहम् भूमिका निर्वाह गरेका थिए।

त्यस्तै ७४ साल पुस ११ गते लमजुङ राईनास नगरपालिका वडा नं. ०९ मा ५३ वर्षीय हितमान श्रेष्ठलाई चिरपटले टाउँकोमा प्रहार गरे पश्चात् फरार रहेका प्रतिवादीलाई ५ बर्ष पछि चितवनबाट पक्राउ गर्न उनी सफल भएका थिए। यो सँगै पौष महिनामा फैसला कार्यान्वयन तर्फ फरार रहेका २० जना प्रतिवादीहरूलाई बिभिन्न स्थानबाट पक्राउ तथा सम्पर्कमा ल्याई अनुसन्धान क्षेत्रमा बिशेष योगदान पुराएकाले उनलाई २०७९ पौष महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनले इमानदारिता बफादारी र कर्तव्यनिष्ठका साथ प्रशंसनीय ढङ्गबाट कार्य सम्पादन गरेको पाइएकोले हल्वदार दिपक गिरीलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो। सर्वोत्कृष्ट हुन सफल प्रहरी सहायक हवल्दार दीपकबाबु गिरीलाई मंगलबार साँझ प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०७९ माघ १७ गते, मंगलवार


Scroll to Top

Janata Media