साईराम उपरकोटी, लुम्बिनी । नेपालमा मदरसा विद्यालयहरुलाई मुलधारमा ल्याउने भनिए पनि ल्याइएको छैन्। मदरसा विद्यालयलाई मुल धारमा ल्याउने भनिएपनि सरकारले यसतर्फ ध्यान नदिएको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १३ कालीदहमा रहेको अल इमान इस्लामिक गल्र्स कलेजका सञ्चालक अबुल कलाम मदनीले बताएका हुन्।
उनले सरकारले अहिले सम्म मुस्लिम समुदायको विद्यालयलाई मुलधारसमा समेट्न नसकेको बताए। इस्लामले १५ सय वर्षअघि शिक्षालाई र अनिवार्य निशुल्क गरेपनि नेपालमा मुस्लिम समुदायले शिक्षा नपाउनु लज्जास्पद रहेको उनले बताए।
उनले भने, ‘सरकारले मुस्लिम समाजलाई शिक्षासँग जोड्न तथा मदरसा शिक्षालाई अगाडि बढाउन कुनै विशेष योजना लागू गरेको छैन। मुस्लिमलाई अल्पसङ्ख्यक समुदाय भनेर पछाडि पारिएका कारण मुस्लिम समुदाय शिक्षामा पछाडि परेको छ।’
मदरसा विद्यालय सञ्चालक तथा शिक्षकहरुले पठनपाठन तथा विद्यार्थीको अवास खर्च आँफै जुटाउनुपर्ने बाध्यता अझै अन्त्य नभएको भन्दै शिक्षक तथा सञ्चालकले आफ्नो आम्दानीले विद्यालय चलाउनु पर्ने बताए।
लुम्बिनी प्रदेशमा करिब ५सय २५ मदरसा शिक्षालय छन्। जसमध्ये सबैभन्दा बढी कपिलबस्तु, रुपन्देही र बाँकेमा रहेका छन्। मदरसा विद्यालयलाई केन्द्र तथा प्रदेश सरकारले मुल धारमा ल्याउने भनिएपनि अधिकांश विद्यालयको अवस्था दयनिय रहेको उनले बताए।
मदनीले भने, ंसरकारले मुलधारको परिभाषा र मर्मलाई बुझेर सबै मदरसा विद्यालय शिक्षा सुधारमा ध्यान केन्द्रीत हुन जरुरी छ। सरकारले एमएसम्म पढाई हुने मदरसा विद्यालयलाई १२ कक्षासम्म भएपनि मुल धारमा ल्याउन सके मात्रै उपलब्धिमुलक हुने छ।’
विभिन्न धर्मसँग सम्बन्धित विश्वविद्यालय भएको नेपालमा मुस्लिमको विश्वविद्यालय किन नहुनेरु भन्दै प्रश्नसमेत उनले खडा गरेका छन्।
‘नेपालमा हिन्दुको विश्व विद्यालय हुने, किराँत र बौद्धको पनि हुने तर मुस्लिमको किन नहुने’ उनले भने– ‘मुस्लिमहरुलाई पढ्न नेपालमा विश्वविद्यालय छैन्। सरकारको नीति, अनुदान तथा मुलधारको अवस्थामा सरकारबाट सहयोग छैन। भारतमा गए बात लाग्छ। हामीले के अब देश छोड्नु पर्ने हो ?’
अल इमान इस्लामिक गर्ल्स कलेजमा ४५० जना छात्राहरु रहेका छन्। जसमध्ये २०० जना होस्टेलमा बस्छन्। त्यस्तै छिमेकी देश भारतबाट पनि विद्यार्थी पढन आउने गरेको छ। होस्टेलसँगै रहेको कलेजले विद्यार्थीलाई दैनिक खानासँगै पठनपाठन गराइरहेको छ।
अल इमान इस्लामिक गर्ल्स कलेजले कक्षा ६ सम्म पढाउने अनुमति पाएको छ। मुस्लिम समुदायको धार्मिक शिक्षा मदरसा अनुसार उक्त विद्यालयले १२ सम्म अध्यापन गराउँदै आएको छ।
कलेजले कुल विद्यार्थीमध्ये १२५ जना विपन्न विद्यार्थीलाई निशुल्क शिक्षा दिएको सञ्चालक बताउँछन्। उक्त कलेजमा १२ जना शिक्षिका र १८ जना शिक्षकले अध्यापन गराउँदै आएका छन्।
कलेजले हालसम्म मुस्लिम समुदायकै चन्दा तथा सहयोगबाट विद्यालय सञ्चालन गर्दै आएको सञ्चाल कलाम बताउँछन्। कलाम भन्छन्– ‘विद्यालयका कर्मचारीलाई तलब खुवाउन हाम्रै समुदायबाट चन्दा उठाउने। खाद्यन्न उत्पादन हुने ठाउँबाट खाद्यान्न संकलन गरी छात्राबासका बालिकाहरुलाई खाना खुवाउँछौं।’







