खोलामा बगेका तिर्थालुको नगर प्रहरीद्धारा उद्धार

जनता संवाददाता
२०८१ भाद्र ४ गते, मंगलवार

मुगु । मुगुको छायानाथ रारा नगरपालिका वडा नं १ मा रहेको एक खोलामा तिर्थालु बगाएपछि नगर प्रहरीले तत्काल उद्धार गरेको छ । नगर प्रमुख बिष्णु कुमार भामको निर्देशनमा नगरपालिकाबाट न.प्र.ना.नि. शिबराज भामको कमान्डमा खटिएको ७ जनाले उद्धार गरेको हो ।

टोलिले बिहान १० बजे छायानाथ रारा नगरपलिका वडा नम्बर १ मा रहेको घट्टेखोलामा रहेको (साँघु) काठेपुलमा गई उद्धार गरेको हो । छायानाथ तिर्थधाम देखि आएका तिर्थालुहरु काठेपुल देखि ओहोरदोहोर गरिएको बेला चिप्लिएका थिए ।

(साँघु) काठेपुलबाट चिप्लिएर खोलाले बगाएर अन्दाजी ५० मिटर तल बगिरहेको अबस्थामा तत्कालै न.प्र.ज मानसिङ कुमाई र तेज बहादुर बि।क पौडी खेली उनीहरुको उद्धार गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

उक्त खोलामा बग्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपलिका वडा नं १ निवासी अन्दाजी ३४ वर्षिया नन्दलक्ष्मि मल्ल शाहि र छायानाथ रारा नगरपलिका वडा नं १ कै अन्दाजी १२ वर्षिया सपना मल्ल रहेकी थिईन् । उनीहरुको सकुशल उद्दार भएको छ ।

उक्त खोलमा गत वर्षदेखि करिब आठ करोडको लगानीमा ५० मिटरको पक्की पुल निर्माणाधिन छ । आउँदो मंसिरमा सञ्चालनमा ल्याउने गरी काम भईरहेको नगर प्रमुख विष्णु कुमार भामले बताएका छन् ।

तिर्थालु यसरी बगेका थिए हेर्नुस्ः

प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार


Scroll to Top

Janata Media