हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा पालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका छन् ।
उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम धर्मोदय माध्याकिक विद्यालय, द्धितिय चन्द्रप्रकाश माध्याकिक विद्यालय, तृतीय जनप्रकाश माध्याकिक विद्यालय र सान्त्वना मदनादेव माध्याकि विद्यालय भएका छन् ।
प्रथम हुने धर्मोदय माध्याकिक विद्यालयले ११ स्वर्ण, ५ रजत र ५ कास्य पदक पाएको छ । द्धितिय हुने चन्द्रप्रकाश माध्याकिक विद्यालयले ७ स्वर्ण, १३ रजत र ३ कास्य पदक पाएको छ । तृतीय जनप्रकाश माध्याकिक विद्यालय ७ स्वर्ण, ५ रजत र ९ कास्य पदक पाएको छ । त्यस्तै सान्त्वना मदनादेव माध्याकिक विद्यालयले १ स्वर्ण, ३ रजत र ९ कास्य पदक पाएको छ ।







