हुम्लामा वेलिब्रीज जोड्ने क्रममा कर्णालीमा खस्दा १ जना कामदारको मृत्यु

जनता संवाददाता
२०८० कार्तिक २ गते, बिहीबार

हुम्म्ला । हुम्लामा वेलिब्रीज जोड्ने क्रममा चिप्लीएर एकजना कामदारको मृत्यु भएको छ । उनि हुम्लाको सरिसल्ला स्थित निर्माणधिन बेलिब्रीजबाट चिप्लिएर घाइते भएका भएका थिए ।

मंगलबार मध्यन्न १२ बजे बेलिब्रीजका नटबोल्ड कस्नेक्रममा चिप्लिएर घाइते भएका बारा जिल्ला कोलबी नगरपालिका वडा नम्बर ६ सनबार गाउ घर भएका २० वर्षिय सुरेश चौधरी उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डिएसपी भिमलाल भट्टराईले बताए ।

निर्माणाधिन पुलको नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लीएका चौधरीको टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लामा भएको हिमाल हेल्थ पोलिकिलिनिकमा सामान्य उपचार गरिएपनि उपचार सम्भब नभए पछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा लिदै गर्दा बाटोमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोड्ने कणरली कोरिडोर सडक अन्तरगत सर्केगाड र चंखेली गाउपालिकाको सरिसल्लामा तत्कालका लागि बेलिब्रीज जडान गरि आगामी फागुन महिना भित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ पुल जडानको काम दुर्तगतिमा भैरहेका सरिसल्लामा पुल निर्माणको काम गर्न बाराबाट आएका चौधरी नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लीएर घाईते भएका थिए ।रेडियो कैलाश

प्रकाशित मिति : २०८० कार्तिक २ गते, बिहीबार


Scroll to Top

Janata Media