इजरायलमा रक्षामन्त्री बर्खास्त गरेपछि दशौं हजार मानिस सडकमा

जनता संवाददाता
२०७९ चैत्र १३ गते, सोमबार

काठमाडौं ।  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा दशौँ हजार मानिसले सडक प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री नेतन्याहूले रक्षामन्त्री योआभ ज्यालान्टलाई पदमुक्त गरेलगत्तै सडकमा दशौँ हजार मानिस प्रदर्शनमा उत्रिएको अलजजिराले उल्लेख गरेको छ।

सरकारले न्याय सम्बन्धी गर्न लागेको नयाँ व्यवस्थाको विरोध गरेका रक्षामन्त्री ज्यालान्टलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि राजधानी जेरुसेलममा हजारौँ मानिसले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको छ।

तेल अभिभमा पनि रातभरजसो प्रदर्शन भएको छ। सरकारले कानूनमा नयाँ व्यवस्था गर्न खोजिरहेको छ। यो व्यवस्था कार्यान्वयनमा आए न्यायाधीश नियुक्तिको सर्वाधिकार सरकारमा जाने छ।

न्याय व्यवस्थामा प्रस्तावित सुधारको कानूनको विरोधमा केही हप्तादेखि इजरायलमा प्रदर्शन भइरहेको छ। नयाँ कानून बने अदालत सरकारप्रति उत्तरदायी हुनेछन्। आलोचकहरुले प्रस्तावित नयाँ व्यवस्थाले स्वतन्त्रता हनन हुने र भ्रष्टाचार बढ्ने टिप्पणी गरेका छन्।

 

प्रकाशित मिति : २०७९ चैत्र १३ गते, सोमबार


Scroll to Top

Janata Media