
१२औँ विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ । होटल याक एन्ड यतिमा शनिबार भव्यरूपमा सम्पन्न भएको कार्यक्रममा महानायक राजेश हमाल, डा.कृष्णहरि बराल, प्रकाश गुरुङ, किरण खरेलजस्ता स्रष्टाहरूको सहभागिता थियो ।
रमपमद्वारा प्रायोजित विन्ध्यवासिनी म्युजिक प्रा.लिको आयोजनामा सम्पन्न भएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८ मुक्तिनाथ विकास बैंकले प्रस्तुति गरेको थियो ।