साफ यू १७ पुरुष च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको सानदार जित

जनता संवाददाता
२०७९ भाद्र २४ गते, शुक्रबार

काठमाडौं । साफ यू १७ पुरुष च्याम्पियनसिपमा आज नेपालले भारतविरुद्ध सानदार जित निकालेको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा भएको खेलमा भारतलाई ३(१ को गोलअन्तरले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। खेलको २४ औँ मिनेटमा डेनी लाइसरामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए। ४५ औँ मिनेटमा नेपालका सरोज दर्लामीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा नेपालले दुई गोल थप्यो। ४९ औँ मिनेटमा युनेश बुढाथोकीको गोलबाट नेपालले खेलमा कमब्याक गर्‍यो। त्यस्तै, ६७ औँ मिनेटमा सुवास बमले गोल थपे।

नेपाल र भारतले आजको खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका थिए। आजको खेलमा जित निकालेसँगै नेपाले समूह ‘बी’ को विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते, शुक्रबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media