अब्दुल्लाह अल्मुताइरीले गरे प्रमुख प्रशिक्षक छाडेको घोषणा

जनता संवाददाता
२०७९ भाद्र २७ गते, सोमबार

काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि आफ्नो कार्यअवधी टुङ्ग्याएको जनाएका छन् ।पछिल्लो पटक भएको तीन वर्षको सम्झौता अनुसार उनी २०२४ अक्टोबर ३१ सम्मका लागि प्रशिक्षक थिए ।

 

प्रकाशित मिति : २०७९ भाद्र २७ गते, सोमबार


Scroll to Top

Janata Media