काठमाडौं । जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सहमति जुटाएको छ ।
सहमतिपछि नौ दिनदेखि उभिएर आन्दोलन जारी राखेका ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीलाई निश्चित समय तोकेर व्यापार गर्न दिनुपर्ने मुख्य माग ईः को थियो ।








