नेपालको संघीय संसद र चीनबीच भएको समझदारी (पूर्णपाठसहित)

जनता संवाददाता
२०७९ भाद्र २८ गते, मंगलवार

काठमाडौं । नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय सदनमा आयोजित भेटपछि सो समझदारीपत्रमा हस्ताक्षर भएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । समझदारी पत्रमा भनिएको छ, “दुबै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एक अर्काको स्वतन्त्रता सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको मूल हित र महत्वपूर्ण सरोकारका साथ दिन सहमत भएका छन् ।”

हेर्नुहोस् समझदारीपत्रको पूर्णपाठ –

 

प्रकाशित मिति : २०७९ भाद्र २८ गते, मंगलवार


Scroll to Top

Janata Media