राष्ट्रिय फुटबल खेलाडी दिपा शाहीलाई चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीद्धारा आर्थिक सहयोग

जनता संवाददाता
२०७९ आश्विन ५ गते, बुधबार

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले राष्ट्रिय फुटबल खेलाडी दिपा शाहीलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । बिकट कर्णालीको हुम्लामा जन्मिएर पनि राष्ट्रको नाम राख्न सफल भएको भन्दै नगद सहयोग घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपमा नेपालले लगातार ५ पटकको विजेता भारतलाई पछि पारे लगत्तै अध्यक्ष शाहीले नगद रु ५५,५०० (पच्पन्न हजार पाँच सय) घोषणा गरेका थिए । खेलाडी दिपा शाही पनि साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टोलिमा आबद्ध थिईन् । उनले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । केहि हदसम्म उनकै मेहनत र लगावले नेपाली टोलिले खेलमा राम्रो प्रदर्शन गरेको मानिसहरु बताउँछन् ।

अध्यक्ष शाहीले सहयोग रकम घोषणा गर्दै लेखेका छन्, “हुम्ली चेली दिपा शाहीले विकट भनेर पछाडी पारिएको हाम्रो जिल्ला हुम्लाको नाम राख्न सफल भई राष्ट्रिय फुटबल टोलीमा सफल खेलाडी साबित गर्न तिम्रो सफलता नै आम नेपालीको सफलता बन्ने छ । खेल जगतमा तिम्रो मिहिनेत र लगानी सबैको प्रेरणा र नमुना बनेको छ। आजको खेलमा तिमीले उत्कृष्ट खेल प्रदर्शन गर्ने छौ भनी मान्य जान्ने देबी देउता संग प्रर्थाना गर्दै सिङ्गो राष्ट्रिय टिमको सफलताको शुभकामना सहिद तिम्रो सफलतामा सानो उपहार स्वरूप मायाको चिनो प्रदान गर्ने निणय गरेको छु ।”

अध्यक्ष शाही आफ्नै पार्टीमा विद्रोह गरेर गत स्थानीय चुनावमा स्वतन्त्र रुपमा चुनाव लडेर निर्वाचित भएका एक गतिलो उदाहरण हुन् । उनले यहि आर्थिक सहयोग मात्र नभएरयो भन्दा अगाडी थुप्रै आर्थिक, भौतिक र सामाजिक सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन ५ गते, बुधबार


Scroll to Top

Janata Media