कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

जनता संवाददाता
२०८१ जेष्ठ २७ गते, आईतवार

काठमाडौँ । कर्णाली नदीमा रहेको झोलुङ्गे पुल चुँडिदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । पुल चुँडिँदा दुई वटा खच्चड भने मृत्यु भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ मा झोलुङ्गे पुल चुँडिदा १३ खच्चड फसेकोमा ११ वटा को जीवितै उद्धार गरिएको छ भने दुई वटा खच्चडको उद्धार गर्ने क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र शस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खच्चडहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय जोरा सिंह रोकायाको ८ वटा खालि खच्चर , राजेन्द्र बोहराको पाँच वटा खच्चर गरि जम्मा १३ वटा खच्चर उक्त पुलको बीच भागमा अड्केका थिए। जीर्ण भएको पुलमा अछामको चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ जाँदै गरेका खच्चड अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कर्णाली नदीमा रहेको झोलुङ्गे पुलमा फसेका थिए ।

२०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो । पुलको दाहिने साइटको फलामका दुई वटा लठ्ठा मध्ये एउटा लठ्ठा चुँडिएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते, आईतवार


Scroll to Top

Janata Media