देशभर थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त

जनता संवाददाता
२०७९ आश्विन ७ गते, शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन ७ गते, शुक्रबार


Scroll to Top

Janata Media