यू-१९ प्रिमियर कप : नेपाल र साउदी अरेबिया भिड्दै

जनता संवाददाता
२०८० कार्तिक २ गते, बिहीबार

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ।  मलेसियाको वाइकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ। समूह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २र२ खेल नै जितेर ४-४ अंक बनाएका छन्। अब यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ।

नेपालले यसअघि पहिलो खेलमा इरानमाथि शानदार २७४ रनको जित निकालेको छ।  बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। त्यसैगरी साउदी अरेबियाले आफ्नो पहिलो खेलमा इरानलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ६७ रनले हराएको थियो।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।  जसलाई चार समूहमा विभाजन गरिएको छ। शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू-१९ एसिया कपमा छनौट हुने छन्।

त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते, बिहीबार


Scroll to Top

Janata Media