प्रचण्ड चितवनबाट नलड्ने संकेत! नेताहरु भन्छन्, गम्भीर संकट आयो

जनता संवाददाता
२०७९ आश्विन १८ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत देखिएको छ । उनी चितवनबाट नलड्ने संकेत पाएपछि चितवनका माओवादी कार्यकर्तामा हलचल देखिएको छ ।

माओवादी निकट वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले फेसबुकमा स्टाटस लेख्दै संकट आएको बताएका हुन् । चितवनको प्रचण्डको चुनाव क्षेत्रका नेता पनेरुले लेखेका छन्, ‘अन्ततः चितवन र ३ नं निर्वाचन क्षेत्रको बिकासको बिशाल संभावनामाथि गम्भीर संकट आयो ।’

उनले अगाडि भनेका छन्, ‘देशका र बाहिरका परिवर्तन बिरोधीका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना हुँदैछ ।

तर, चितवन,र ३ नं क्षेत्रमाथिको यो क्षति को भर्पाई सायद कहिल्यै हुँदैन । जजसका कारण यस्तो भयो, त राम्रै संग पछुताउनुपर्ने छ । यसको असर चितवनको गठबन्धन र ३ वटै निर्वाचन क्षेत्रमा निश्चित रुपमा पर्ने छ ।’ प्रचण्ड गोरखाबाट चुनाव लड्ने चर्चा छ ।

प्रकाशित मिति : २०७९ आश्विन १८ गते, मंगलवार


Scroll to Top

Janata Media