बारामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

जनता संवाददाता
२०७९ आश्विन २० गते, बिहीबार

काठमाडौँ । बारामा बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बाराका एसपी होविन्द्र बोगटीले आठ पुरुष र पाँच महिलाको मृत्यु भएको जानकारी दिए ।

नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६–००१ ख–०११०  जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटनामा परेको उनले बताए ।

उनले शिलापत्रसँग भने, ‘बस ओभर स्पीड भएर घुम्तीमा नघुमेर सिधै खोलाको बगरमा बजारिएको छ ।’ उनका अनुसार घाइते २५ जनाको हेटौँडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ आश्विन २० गते, बिहीबार


Scroll to Top

Janata Media