चन्द्रागिरिको पहिरोमा ज्यान गुमाएका एकै परिवारका ३ जनाको हृदयविदारक दृश्य

जनता संवाददाता
२०७९ आश्विन २१ गते, शुक्रबार

काठमाडौं । काठमाडौंको चन्द्रागिरिको पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा परी मृत्यु भएका तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

उनीहरु तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । डोजरको सहायताले प्रहरीको टोली उद्धारमा खटिएको थियो ।

 

प्रकाशित मिति : २०७९ आश्विन २१ गते, शुक्रबार


Scroll to Top

Janata Media