एमालेबाट टिकट नपाउने भएपछि गंगा चौधरीद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

चक्र दानी
२०७९ आश्विन २१ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

एमालेबाट दाङ–१ को उम्मेदवार बन्न खोजेकी चौधरीले फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको घोषणा गरेकी हुन् ।

‘आज मैले ठीक निणर्य गरेँ या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहने छु । जनता भगवान् हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरूको साथ चाहिएको छ,’ चौधरीले भनेकी छन् ।

उनी एमालेबाट २०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन् ।

प्रकाशित मिति : २०७९ आश्विन २१ गते, शुक्रबार


Scroll to Top

Janata Media