हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिका भित्रका गर्भवति महिलालाई निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गाउँपालिका भित्र रहेका ६६ जना गर्भवतिलाई निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको हो ।
केही दिन अघि स्वास्थ्य विभागले भिडियो एक्सरे मेसिन खार्पुनाथ गाउँपालिकाको सामुदायीक अस्पताललाई हस्तान्त्रण गरेपछि सोमबार पहिलो पटक गाउँपालिकामै भिडियो एक्सरे गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताए। आज सोमबार पहिलो दिन ६६ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको प्रमुख शाहीले बताए। अब यो सेवालाई निरन्त्रता दिने र आज छुटेका गर्भवती महिलाहरुको गर्भ जाँच पनि हुनेछ ।
स्थानीय सरकारबाट त्यहि पनि निशुल्क सेवा दिन थालेपछि स्थानीयले सहजै सेवा पाएपछि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका गर्भवती महिला खुसी भएका हुन । यस अघि गर्भमा रहेको बच्चाको अवस्था के कस्तो छ भन्ने भिडियो एक्सरेका लागी पैदल हिडेर जिल्ला सदरमुकाम सिमकोट पुग्नु पर्ने खार्पुनाथ गाउँपालिकाका गर्भवति महिलाको बाध्यताको अन्त्य भएको छ ।
सो चेक जाँचका लागि जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहरा र अनेस्थेसिया सहायक दिपेन्द्र शाहको उपस्थित रहेको थियो ।