यि हुन् एमाले हुम्लाका उम्मेद्वार

चक्र दानी
२०७९ आश्विन २२ गते, शनिबार

काठमाडौँ । नेकपा (एमाले)ले हुम्लाका लागि दुई दल र छिमीदोर्जी लामालाई उम्मेरदवार बनाउने भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा जिल्लाले पठाएको निर्णय अनुसार नैं प्रतिनिधिसभाका लागि पुर्व मन्त्री (प्रदेश) ‘समेत रहेको केन्द्रीय सदस्य दल रावल, प्रदेश ‘क’ मा केन्द्रीय सदस्य दल फडेरा र प्रदेश ‘ख०मा पुर्व संविधानसभा सदस्य छिमी दोर्जी लामालाई टिकट दिने निर्णय गरेको हो ।

भर्खरै माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद छक्कबहादुर लामाले यस पटक निर्वाचन नउठ्ने बताएका पछि यसअघि नैं एमाले जिल्ला कमिटिको बैठकको निर्णय र कर्णाली प्रदेश कमिटिको सिफारिस अनुसार नैं टिकट वितरण गरिएको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटि सदस्य तथा केन्द्रीय सदस्य बोगटीको नाम समानुपाति सूचिको १२ औं नम्बरमा भएपछि जिल्लाका सहइन्चार्ज द्धय रावल र फडेरालाई पुर्व एमालेको तर्फबाट र माओवादी केन्द्रबाट समायोजन प्रक्रियाबाट आएकाको मध्येबाट आशाकरलाई टिकट दिने गरी छलफल भएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन २२ गते, शनिबार


Scroll to Top

Janata Media