पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

जनता संवाददाता
२०८० श्रावण २० गते, शनिबार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको हो ।

न्यायाधीशले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।

खान २०१८ मा निर्वाचित भएका थिए । तर गतवर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।

प्रकाशित मिति : २०८० श्रावण २० गते, शनिबार


Scroll to Top

Janata Media