गोरखामा एकै परिवारका तीन जना मृत भेटिए

जनता संवाददाता
२०७९ आश्विन २२ गते, शनिबार

काठमाडौँ । भिमसेन थापा गाउँपालिका–६ अश्राङ्स्थित मोहोरियामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । रुखको एउटै हाँगामा झुण्डिएको, मृत अवस्थामा ३४ वर्षीय हेमबहादुर राना र उनका सात वर्षीया दुई जुम्ल्याहा छोरा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

‘दुई छोराहरु नाम्लोको पासोमा रहेछन्, बाबु पनि त्यहीं हाँगामा सलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्,’ उनले भने । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पाताल ल्याउने क्रममा रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा शनिबार रानाले दुई छोरालाई बेलौती (अम्बा) टिप्ने भन्दै घरबाट फकाएर लगेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे भने अनुसन्धान भइरहेको लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ आश्विन २२ गते, शनिबार


Scroll to Top

Janata Media