हुम्लामा पहिरोले पुरिएर ज्यान गुमाएका परिवारको हृदयविदारक दृश्य

जनता संवाददाता
२०७९ आश्विन २४ गते, सोमबार

सिमकोट । पहिरोमा घर पुरिदांदा चंखेली गाउँपालिका ६ मासिधारमा एकै घरमा चार जनाको ज्यान गएको छ ।

एक सातादेखिको निरन्तरको वर्षातले माथिबाट आएको पहिरोमा परेर चंखेली गाउँपालिका वडा नम्बर ६ मासिधाराको जनबाडाका देउच्या विकको घर छोपिदा उनकी श्रप्मतीसहित एक छोरा र दुई छोरीको मृत्यु भएको स्थानीय हिराबहादुर शाहीले जानकारी दिए ।

अहिले साँझ सात बजे पहिरो गएको बताएका प्रत्याक्षदसी शाहीका अनुसार मृत्यु हुनेमा ६५ वर्षिय आमा होइजाली विक, ९ वर्षिय छोरी तुल्सी विक, ७ वर्षिय छोरी सुस्मीता विक र ५ वर्षिय छोरो वसन्त विक रहेका छन् ।

त्यहाँकै अर्का स्थानीय हर्क बुढाका अनुसार अबिरल वर्षा का कारण हुम्ला जिल्ला चंखेलि गाउँपालिका वडा नं ६ मेल्छाम का देउचे कामी को घर पैरो ले पुरिदा ५ जना को जिवितै उद्दार गरियो। एक छोरि को उपचार गर्दै मृत्यु भयो । आमा लाइ मिर्त अबस्थामा उद्दार गरियो । २४ गते बिहान सबै को उपस्थिति मा उद्दार गर्दा एक छोरा र एक छोरि मृत अबस्थामा उद्दार गरियो । अबकति बिक को अबस्थामा पाठेघर को समस्या भएको बुझ्न सकिन्छ। बच्चा को खुट्टा थिचिएको छ । अरु ३ जना को अबस्था सामान्य रहेको छ।

पहिरोले विकको घरमा पुरै क्षती पुगेको बताएका प्रत्यक्षदर्सी शाहीका अनुसार घाइते विकसहितका घाइतेको स्थानीय मैलछाम स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । पहिरो स्थल जिल्ला सदरमुकाम सिमकोट देखि २७ कोष टाढा रहेकाले क्षतीको पुरा विवरण आएको छैन् ।

पहिरोले गाउँका अन्य घरहरु पनि जोखिममा रहेका छन् । भने जिल्लाका अन्य ठाउँहरुमा पनि निरन्तरको अविरल वर्षाका कारण थुप्रै क्षति भएको जनाईएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन २४ गते, सोमबार


Scroll to Top

Janata Media