कागेश्वरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुवेदी हाजिर

जनता संवाददाता
२०८२ भाद्र २ गते, सोमबार

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी हाजिर भएका छन् । धादिङको नीलकण्ठ नगरपालिकाबाट सरुवा भई आएका सुवेदी आजदेखि हाजिर भएका हुन् ।

प्रशासकीय अधिकृत सुवेदीलाई नगरप्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापालगायत कर्मचारीहरुले खादा र माला लगाएर स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले कर्मचारीहरुलाई राजनीति नगर्न र कामसँगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिए ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जनताको काममा पर्खेर नबस्ने प्रतिवद्दता व्यक्त गरे । जनप्रतिनिधि र प्रशासनबीच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफुसँग आएर कुरा गर्न सुझाब दिए । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उनले यहाँका समस्यासँग जनप्रतिनिधिको सुझावसहित कार्य सम्पादन गर्ने बताए ।

मोरङको बेलबारी घर भएका सुवेदीले २०५४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् । नेपाल सरकारको उपसचिव भैसकेका प्रमुख प्रशासकीय अधिकृत सुवेधीसँग पर्यटन मन्त्रालय, सामान्य प्रशासन, गृह, भूमिसुधार मन्त्रालय, योजना आयोगमा लामो समय काम गरेको अनुभव छ ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार


Scroll to Top

Janata Media