एसईईको परीक्षामा पाँच सय बढी मोबाइल बरामद

जनता संवाददाता
२०८० चैत्र १७ गते, शनिबार

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले गौर, चन्द्रपुर, गरुडा समनपुरलगायत जिल्लाका ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंहसहितको अनुगमन टोलीले परीक्षा हलबाट उक्त संख्यामा मोबाईल बरामद गरेक‍ो हो ।

बरामद गरिएको मोबाईल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते, शनिबार


Scroll to Top

Janata Media