मनोहरा खोला पहिलेकै स्वरुपमा फर्काइयो (फोटोफिचर)

जनता संवाददाता
२०७९ आश्विन २६ गते, बुधबार

काठमाडौं । असोज २६( काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोला पुरानै स्वरुपमा फर्काइएको छ । गत साउन २४ गते रातीको अविरल वर्षासँगै बाढी आएर धार छिचोल्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र बाग्मति सभ्यता एकीकृत बिकास समितिका कृष्ण कुमारलगायत सबै राजनितिक दलका प्रतिनिधिहरुको संयुक्त प्रयास पछि धार परिवर्तन गर्दै बगेको खोला फर्काउन सफल भएको वडाअध्यक्ष थापाको भनाइ छ । कागेश्वरीको वडा नम्बर-७ बाट सुरु भएको उक्त कार्य करिब आधा सम्पन्न भैसकेको छ ।

मनोहरा खोलाले बितण्ड मच्चाएपछी कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जिवन खत्री र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक अपिल जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका थिए । भने खोलाको वहावलाई सामान्य अवस्थामा ल्याइ पुरानै अवस्थामा फर्काउन पहल गर्ने बताएका थिए ।

मनोहरा खोला अहिले २०२१ सालको नक्साअनुसार पुरानै रुपमा बगिरहेको छ । पूर्ण रुपमा काम सम्पन्न नभएपनि अबका दिनमा त्यस क्षेत्रका स्थानीयले बिगतमा जस्तो पिडा भोग्नु नपर्ने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताए । उनकाअनुसार केहि ठाउँमा स्थानीयको अवरोधका कारण काम सम्पन्न हुन ढिला भएको थियो । तर जनप्रतिनिधिलगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयसहित सरोकारवाला निकायको सहयोगमा द्रुत गतिमा काम भइरहेको छ ।

मनोहरा खोलाले गरेको क्षतिको विवरण
खोलाको डुबान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्वासी बस्तीमा धेरै क्षति पुगेको थियो । चाँगुनारायण नगरपालिका(४ मनोहरा खोला निलो पुल नजिक सुनसरी घर भई हाल सोही स्थानमा बसी बंगुर फर्म सञ्चालन गर्ने हरि राईको बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको थियो । चांगुनाररायण नगरपालिका-१ दुवा कोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेपछि मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित सोही स्थान बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका पाँच सय वटा हाँस, दुई सय वटा बंगुर र दुई वटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको थियो ।

मध्यपुर ठिमी नगरपालिका-२ सानो ठिमी मनोहरा खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानो ठिमी दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका वर्ष ७० को पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामलमा पानीले क्षति भएको र गिरिराज कुखुराको चल्ला ४५ वटा बगाएको थियो ।

प्रकाशित मिति : २०७९ आश्विन २६ गते, बुधबार


Scroll to Top

Janata Media