माधव र विप्लवसँग पार्टी एकता गर्दै माओवादी, बाबुरामलाई नो इन्ट्री

जनता संवाददाता
२०८२ श्रावण २२ गते, बिहीबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको जनाएको छ । तर, पूर्वप्रधानमन्त्री तथा माओवादी पृष्ठभूमिका डा।बाबुराम भट्टराई नेतृत्वको दलसँग भने कुनै तयारी वा छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले स्पष्ट पारेका छन् ।

शुक्रबार पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सापकोटाले समाजवादी मोर्चामा रहेका दलहरूसँगको एकता प्रयास सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।

उनका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र नेकपा (एकीकृत समाजवादी)सँगको संवाद पनि सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । ‘डा।भट्टराईले अब आफू कम्युनिस्ट होइन भन्नु भएकोले उहाँसँग एकताको कुनै छलफल छैन,’ सापकोटाले भने ।

प्रकाशित मिति : २०८२ श्रावण २२ गते, बिहीबार


Scroll to Top

Janata Media