ट्वीटरको ट्रेण्डिङमा #NoNotAgain

जनता संवाददाता
२०७९ कार्तिक ११ गते, शुक्रबार

काठमाडौं । #NoNotAgain ट्वीटरको ट्रेण्डिङमा आएको छ । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै अभियान चलिरहेको छ ।

पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो ।

आयोगको चेतावनीपछि यो अभियान झन फैलिएको छ । र, नेपालमा ट्वीटरको ट्रेडिङमा परेको छ । यो समाचार तयार पार्दासम्म एक हजार १४९ पटक ट्वीट भएको छ ।

ट्वीटर ट्रेडिङको दोस्रो नम्बरमा मेस्सी, तेस्रोमा जर्मनी छ भने छैटौं नम्बरमा तिहार छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ११ गते, शुक्रबार


Scroll to Top

Janata Media