
सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोटहुँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।
कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आफुलाई बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको खबर आएको जानकारी दिए। यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माको भनाई रहेको छ।
घाइतेहरुलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगरिएको छ। घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए।
प्रजिअ रामहरिले अनुसार कसतो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे कुनै जानकारी नभएको बताए।