इलाम-२ मा एमालेका सुहाङ ५,८३० मतान्तरले विजयी

जनता संवाददाता
२०८१ बैशाख १८ गते, मंगलवार

इलाम । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित भएका थिउ ।

सुहाङसँगै चुनावी मैदानमा रहनुभएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार


Scroll to Top

Janata Media