राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी रद्द

जनता संवाददाता
२०७९ कार्तिक १२ गते, शनिबार

काठमाडौँ । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ ।

पदको लाभ लिइरहेको भन्दै आयोगले शनिबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै डा। कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

दाबी विरोधको समय सकिएपछि अधिकृतको कार्यालयले निर्णय गर्न पाउँदैन । अधिकृतको कार्यालयले निर्णयको लागि फाइल आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो ।

आयोगले डा. कार्कीले लाभको पद लिइरहेको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते, शनिबार


Scroll to Top

Janata Media