समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि हुम्लाबाट यि तिन अनुहार, कस्को सम्भावना कति ?

चक्र दानी
२०७९ कार्तिक १२ गते, शनिबार

काठमाडौँ । कुल मतदाता ३२,८५७ भएको हुम्लामा महिला मतदाताको सङ्ख्या १५,७२९ र पुरुष मतदाताको सङ्ख्या १७,१२८ छ । सात ओटा गाउँपालिका (स्थानीय तह) रहेको हुम्लामा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट ६ ओटा गाउँपालिकामा सत्तारुढ गठबन्धनको सरकार छ भने बाँकी एक स्थानीय तहमा गठबन्धन कांग्रेस बाट विद्रोह गर्दै स्वतन्त्र लडेका उम्मेद्वारको सरकार छ ।

स्थानीय तहको निर्वाचन २०७९ को परिणामलाई नियाल्ने हो भने पनि, अदानचुली गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसले १,९६८ र एमालेले १,३६३, खार्पूनाथ गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसले १,८१० र एमालेले १,१९५, चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेद्वारले १,६९५, गठबन्धनका तर्फबाट माओवादीले १,१८१ र एमालेले ८, ताँजाकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादीले १,८१० र एमालेले ९९५, नाम्खा गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादीले १,४६६ र स्वतन्त्रले ६६२, सर्केगाड गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसले ३,५४३, एमालेले ९९७ र माओवादी समाजवादीले १६४ र सिमकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादीले २,८८२ र एमालेले १,९६९ मत पाएका छन् ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रतिनिधि सभाका लागि समानुपातिक तर्फबाट अहिले प्रतिस्पर्धामा छन्, सत्तारुढ गठबन्धनबाट जयपति रोकाया, एमालेबाट गोरखबहादुर बोगटी र राप्रपाबाट विकासबहादुर महत ।

यसरी स्थानीय निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने गठबन्धनका उम्मेद्वार जयपति रोकायाले सबैभन्दा धेरै मत ल्याउने देखिन्छ । त्यस्तै एमालेका स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटीले पनि राम्रै मत ल्याउने देखिन्छ । त्यस्तै राप्रपाका विकास बहादुर महतले पनि मत आफ्नो भागमा बटुल्न सक्ने हो भने उनको सम्भावना पनि बलियो देखिन्छ । यसरी हेर्दा अन्य दलका उम्मेद्वारहरुको सम्भावना अत्यन्तै न्यून देखिन्छ ।

जयपति रोकायाका अनुसार, ‘मेरो पिछडिएको क्षेत्रबाट १ नम्बर र खस आर्यबाट ८ नम्बर छ । मलाई पार्टीले मुल्याङ्कन गरेर समानुपातिकमा समावेश गरेको छ । लगभग शुनिश्चित जस्तै नै छ ।’ जनता मिडियासँग उनले भने, ‘एमाले भन्दा मत कम त आउँदैन तर आएको खण्डमा पनि मेरो सांसद पद पक्का नै छ ।’

गोरखबहादुर बोगटीका अनुसार, ‘खस आर्य र पिछडिएको क्षेत्र भनेर पार्टीले मेरो नाम समावेश गरेको छ । म पार्टीभित्र पनि लामो समय त्याग, तपस्या गरेकै मान्छे परेँ । पार्टी कमिटीको हिसाबले पनि स्थायी कमिटीको सदस्य भएँ । यस हिसाबले पनिमेरो सम्भावना उच्च छ ।’ जनता मिडियासँग उनले भने, ‘हुम्लाबाट पनि मलाई राम्रै मत आउँछ । गाउँ गाउँ गएर बुझिराखेका छौँ । जनताको घर दैलोमा गईराखेका छौँ । यसकारण पनि मेरो सम्भावना धेरै छ ।’

समानुपातिक उम्मेरदवारको सूचीमा नेपाली कांग्रेसले पूर्व हुम्ला जिल्ला सभापति तथा जिल्ला नेता जयपति रोकायालाई ८ औं नम्बरमा सिफारिस गरेको छ । खसआर्यका रोकायालाई कांग्रेसले पिछडिएको क्षेत्रबाट एक नम्बरमा सिफारिस गरेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट एक नम्बरको पार्टीका रुपमा आउन लागेको कांग्रेसबाट रोकाया अन्य कुनै चलखेल नभएको खण्डमा समानुपातिक सांसद बन्ने लगभग निश्चित जस्तै देखिन्छ ।

नेकपा एमालेको समानुपातिक सूचीमा स्थायी कमिटि सदस्य तथा जिल्ला इन्चार्ज गोरखबहादुर बोगटीको नाम पनि समावेश छ । एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेरदवारको सूचिको ३१ नम्बरमा समावेश भएको बोगटीको नाम पिछडिएको तर्फबाट पुरुषतर्फ दुई नम्बरमा समावेश छ । मंसिर ४ गतेको निर्वाचनमार्फत पार्टीलाई प्राप्त मतका आधारमा पिछडिएको क्ल्ष्टरबाट एमालेले कसलाई प्रतिनिधिसभा सदस्य बनाउने हो केहि टुंगो छैन् ।

सत्ता गठबन्दनको दोस्रो ठूलो दल माओवादी केन्द्रले हुम्लाबाट कसैलाई पनि समानुपातिक सूचीमा नाम समावेश गरेको छैन् । यस्तै एकिकृत समाजवादी पार्टीले पनि हुम्लाबाट कसैको नाम समावेश गरेको छैन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्ष विकासबहादुर महतको नाम समानुपातिक सूचीमा समावेश गरेको छ । पार्टीको तर्फबाट आयोगमा पेश गरेको राप्रपाको समानुपातिक सूचीको ४२ नम्बरमा समावेश भएको हतमको नाम पिछडिएको क्लष्टरबाट पुरुषको दुई नम्बरमा छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि हुम्लाकी कमला बोहरा रावत लाई समानुपातितर्फबो उम्मेरदवार बनाएको छ । उनको नाम मूल सूचीको ६२ नम्बरमा छ भने पिछिडिएको –महिला०मा एक नम्बरमा समावेश छ ।

हुम्लाबाट समानुपातिक उम्मेरदवारको सूचिमा जनमत पार्टीले १५ नम्बरमा कालीबहादुर शाहीलाई समावेश गरेको छ । उनको पिछडिएको क्षेत्रमा एक नम्बरमा नाम सिफारिस छ । यसैगरी नेकपा मालेले गोरासिंह बोहरालाई ५ नम्बरमा नाम समावेश गरेको छ भने उनलाई पिछडिएको क्षेत्रबाट एक नम्बरमा राखेको छ ।

आमुलपरिवर्तन मसिहा पार्टीले प्रबचान शाहीलाई १० नम्बरमा, जनता समाजवादी पार्टीले शान्ति शाहीलाई २७ नम्बरमा, सामाजिक एकता पार्टीले मुसी रावतलाई समानुपातिक उम्मेरदवार बनाएका छन् । उनिहरुमध्ये अधिकांशलाई पिछडिएको क्लष्टरबाट उम्मेरदवार बनाइएको छ ।

हुम्लाका नेता तथा संविधान सभा सदस्य कर्णजित बुढाथोकीले नेतृत्व गरेको नेकपा माओवादी समाजवादीले समानुपातिक सूचिमा हुम्लाका तीन जनाको नाम समावेश गरेको छ । उक्त पार्टीले ८ नम्बरमा प्रमोद लामा, १८ नम्बरमा कालीबहादुर रोकाया र ३२ नम्बरमा मुसी रावतको नाम समानुपातिक उम्मेरदवारको सूचीमा समावेश छ ।

२०७४ सालको प्रदेश र प्रतिनिधि सभाको चुनावमा समानुपातिकमा कुल मतदाता २७,४३५ मध्ये नेपाली कांग्रेसले ७,९३२, माओवादीले ५,८६४, एमालेले ५,४८६ मत प्राप्त गरेका थिए । यस निर्वाचनबाट हुम्लाबाट नेपाली कांग्रेसकी नेतृ रगंमती शाही निर्वाचित भएकी थिईन् ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते, शनिबार


Scroll to Top

Janata Media