बागलुङ बस दुर्घटनामा आठको मृत्यु, २४ घाइते

जनता संवाददाता
२०८० चैत्र ६ गते, मंगलवार

काठमाडौँ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।

अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिए ।

मृतकमध्ये चार पुरुष र चार महिला छन् । दुर्घटनामा २४ जना घाइते छन् । तीन महिनाकी एक बालिका भने सकुशल रहनुभएको खनालले बताए । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको उनले बताए । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए ।

मृतक र घाइतेहरुको परिचय भने खुल्न बाँकी छ । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा १३ महिला र १९ पुरुषमा सवार थिए । स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलालाई थप उपचारका लागि बागलुङतर्फ ल्याइँदै छ ।

सोमबार साँझ सवा ७ बजे निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउलेपानीमा पर्ने मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । बस सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनापछि सवा ६ बजे घटनास्थल पुगेको प्रहरीले घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट करिब ३० किलोमिटरमा पर्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित पूर्वी रुकुमबाट नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेको थियो । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकल घटनास्थलबाट बागलुङ सदरमुकाम निकै टाढा पर्ने र सबैजसो यात्रु र मृतकसमेत रुकुम पश्चिमकै भएकाले मृतकहरुको शव रुकुम पश्चिम नै पठाइएको जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० चैत्र ६ गते, मंगलवार


Scroll to Top

Janata Media