सूदुरपश्चिमेली नेपाली समाज मलेशियाद्धारा पहिरो पिडित ४० घर परिवारलाई सहयोग

जनता संवाददाता
२०७९ कार्तिक १७ गते, बिहीबार

कर्णवीर सार्की, बाजुरा । सूदुरपश्चिमेली नेपाली समाज मलेशियाले अविरल वर्षाका कारण विस्थापित परिवारलाई आर्थिक सहयोग गरेको छ । बाजुराको हिमाली गाउँपालिकाका विभिन्न वडामा असोजको १९ तगेदेखि २४ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित परिवारलाई आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोगमा दैनिक उपभोग्य समानहरु चामल, दाल, तेल, नुन वितरण गरिएको छ । सहयोग सामग्री हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रसाशकिय अधिकृत राज बहादुर भण्डारी, धुलाचौर प्रहरी चौकी ईन्चार्ज चित्र बहादुर मल्ल र अन्य वडाका वडा अध्यक्ष हरुको रहोवरमा पालिकालाई हस्तान्तरण गरिएको थियो ।

उक्त हस्तान्तरण कार्यक्रममा सूदुरपश्चिमेली समाल मलेशियाका अध्यक्ष दिनेश खड्का खप्तडी र निवर्तमान महासचिव डम्बर विश्वकर्माको समेत उपस्थिति रहेको थियो ।

यस संस्थाले विगत देखि नै समाज सेवाका क्षेत्रमा उल्लेख्य कामहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार


Scroll to Top

Janata Media