१० महिनामा झण्डै १० लाख विदेशी पर्यटक नेपाल भित्रिए

जनता संवाददाता
२०७९ कार्तिक १८ गते, शुक्रबार

काठमाडौं । पछिल्लो १० महिनामा नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ ।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिए । भारतबाट १६ हजार ९१० पर्यटक आएका छन् । अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक ?

  • जनवरी : १६,९७५
  • फेब्रुअरी : १९,७६६
  • मार्च : ४२,००६
  • अप्रिल : ६१,५८९
  • मे : ५३,६०८
  • जुन : ४६,९५७
  • जुलाई : ४४,४६२
  • अगष्ट : ४१,३०४
  • सेप्टेम्बर : ५८,३१४
  • अक्टोबर : ८८,५८२
प्रकाशित मिति : २०७९ कार्तिक १८ गते, शुक्रबार


Scroll to Top

Janata Media