हुम्लामा शाखा प्रमुख ढकालमाथि हातपात

जनता संवाददाता
२०७९ मंसिर १६ गते, शुक्रबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख मन दत्त ढकाल माथि हातपात भएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हंश महतारा द्वारा जारी विज्ञप्तिका अनुसार मंसिर १५ गते कार्यालय समय करिब ३:४० मा कार्यालयमा नै शाखा प्रमुख माथि अदानचुली गाउँपालिका वडा नं ५ निवासि यमराज शाहिले हातपात गरेका हुन्।

विज्ञप्तिका अनुसार कार्यालय समयमा सेवा प्रदायक र सेवाग्राही बिच भएको सामान्य विवाद पछि उक्त विवादलाई लिएर कुन पक्षको के कति कमजोरि हो ? न्यायपुर्ण पक्षका लागि कानुनि प्रवधान के हो रु त्यसको समधानको निकाय कहा हो रु त्यसको प्रक्रियामा नगई मनोनीत ढङ्गले कानुनलाई आफ्नो हातमा लिएर शाखा प्रमुख माथि हातपात सहित कार्यलयको सामान तोडफोड गरिएको बताइएको छ ।

जनताको सेवा प्रवाहमा खटिएका जो कोहि कर्मचारी माथि ज्ञात वा अज्ञात रुपमा पटक पटक यस्ता खाले घटना घटि रहेकोले यस्ता खालका घटनाप्रति सम्बन्धित सरोकारवाला निकाय समक्ष ध्यानाकर्षण गर्दै सत्य तथ्य छानविन गरि दोषीलाई हदै सम्मको कारबाही पिडितलाई न्यायको प्रत्याभूति प्राप्त हुने गरि यस्ता कुराहरु स्पस्ट हुनुपर्ने विज्ञप्तिमा जारि गरिएको छ।

विज्ञप्ति हेर्नुहोस्:-

प्रकाशित मिति : २०७९ मंसिर १६ गते, शुक्रबार


Scroll to Top

Janata Media