गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

जनता संवाददाता
२०८१ पुष २७ गते, शनिबार

काठमाठौं । जिल्लाको महावै गाउँपालिका –४ का एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । लामो समय सुत्केरी ब्यथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

वडा –४ का तुलाराज थापाको श्रीमती बर्ष २३ लालसोभा सिंह ९थापा० लाई सुत्केरी ब्यथा लागेको र उनलाई आधारभूत स्वास्थ्य चौकी ओदा फाउण्डेशन ल्याउने क्रममा बाटोमा थप समस्या भएपछि उद्धार गरिएको हो ।

ओदा फाउण्डेसनले जिल्ला प्रशासन कार्यालयमा बिरामीको अबस्थाबारे लिखित जानकारी गरेपछि महिला उत्थान समन्वय ईकाइमार्फत हेलिकोप्टर ब्यबस्था भए पनि गर्भवती थापाको समयमै उद्धार गरिएको छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईले भौगोलिक बिकट्ताका कारण जिल्ला अस्पतालसम्म ल्याउन सडक नभएकाले हेलिकोप्टरमार्फत उद्धार गर्नुपरेको बताए ।

महिलाको अबस्था गम्भीर भएको आधारभूत स्वास्थ्यचौकी र वडा कार्यालयको लिखित जानकारीपछि महिला बालवालिका तथा ज्येष्ठनागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार समन्वय इकाईलाई पत्राचार गरेपछि तत्काल हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ भट्टराईले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कालीकोटका कम्प्युटर अपरेटर उज्वलवहादुर शाहीले सम्वन्धित निकायले जानकारी दिने बित्तिकै जिल्ला प्रशासनबाट १५ मिनेटमा प्रक्रिया अगाडि बढ्ने भएकाले गम्भीर प्रकृतिका बिरामी, गर्भवती तथा सुत्केरी महिलाको उद्धारमा सहजता हुने गरेको बताए ।

प्रकाशित मिति : २०८१ पुष २७ गते, शनिबार


Scroll to Top

Janata Media