‘१२ गाउँ’ले एक सातामा १० करोड ५ लाख ग्रस कलेक्सन गर्यो

जनता संवाददाता
२०८१ कार्तिक २ गते, शुक्रबार

काठमाडौँ । चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

“हाम्रो चलचित्रले एक हप्तामा १० करोड ५ लाख कलेक्सन गरेको छ,” ‘१२ गाउँ’का वितरक गोविन्द शाहीले बाह्रखरीसँग भने । त्यसयताको कलेक्सन रिपोर्ट केही दिनमा सार्वजनिक गर्ने उनले बताए ।

बिराज भट्टले निर्देशन गरेको चलचित्रमा बिराजसँगै समीर भट्ट मुख्य भूमिकामा छन् ।

फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते, शुक्रबार


Scroll to Top

Janata Media