नफेरिएको हुम्लीको अवस्था, धरापमा खच्चड व्यवसाय

जनता संवाददाता
२०७९ कार्तिक २९ गते, मंगलवार

अङ्गराज परियार, हुम्ला । जिल्लाको ग्रामीण भेगमा ढुवानीको प्रमुख साधन मानिएको खच्चड व्यवसाय धरापमा पर्दै गएको छ । भौगोलिक हिसाबले दुर्गम जिल्लाको रुपमा चिनिएको हुम्लामा मुख्य सडक सङ्ग जोडिएको मोटर बाटोको कारण यातायातको सुविधा भएपनि ग्रामीण सडक नपुगेको हुनाले खच्चड व्यवसाय धरापमा परेको हो ।

गाउँगाउँका सामानहरु ढुवानी गर्ने खच्चड व्यवसायीहरु यायातायातको साधन गाउँगाउँमा पुगेपछि विस्थापीत हुन लागेका हुन् । एक खच्चड व्यवसायीले गुनाशो सुनाउँदै भने, “पहिला पहिला बाजुराको मार्तडी मुगुको गमगढी देखि हुम्लाको सिमिकोट सम्म भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो आइसके पछि ढुवानीसमेत पाँउदैन, सबै ट्क्याक्टर, जिपले नै घरघरमा सामान पुराउँछ । यसले गर्दा खच्चड पाल्न समेत धौ धौ भएको छ”,

अहिले गाउँमा नै घाँस दाउरा काट्ने त्यही खच्चडलाई बोकाउने, मोटर बाटो नपुगेको ठाउँमा घर बनाउन लागेको छ भने ढुङ्गा बोकाउने काम गरिरहेको देखिन्छ । सस्तो र छिटो हुने भए पछि गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेका छन् । खच्चड बिक्री गर्न खोज्दा समेत बिक्री हुदैनन् ।

मुलुकमा संघीय व्यवस्था लागू भएसँगै अस्तित्वमा आएका स्थानीय सरकारहरुको प्रमुख उद्देश्य नै अहिले गाउँ गाउँमा मोटर बाटो पुर्याउनु हो भन्ने कुरा भयपनी अहिले सम्म राष्ट्रिय संजाल सङ्ग जोडिएको सडक बाहेक मुख्य ग्रामीण सडक जोडिएको छैन । बिक्रीसमेत नहुने भएकोले खच्चको व्यवस्थापनमा समस्या भैरहेको व्यवसायी गुनासो छ । पहिलेका तुलनामा जिल्लाभित्र अहिले खच्चरको संख्या समेत घटेको छ ।

गाउँगाउँमा मोटरबाटो पुगेपछि ढुवानीमा सहज भएको छ । मोटरबाटोका कारण गाउँगाउँमा सहजता पुगेता पनि जथाभावी रुपमा खनिएको मोटरबाटो जिल्लाको विकासका लागि बाधक समेत बनेको छ । यतीबोला खच्चडमा पेट्रोल डिजेल र घाँस दाउरा बोकाउन बाध्य भएको हुम्लिहरु बताउछन् स्थानीय व्यवसायी कलसिगे नेपालीले बताए। उनले भने, ‘पहिले हामीले पनि मोटरबाटो नआँउदा खच्चरमा नै ढुवानी गर्ने गरेका थियौं तर अहिले गाउँका प्राय सबैले यातायातका साधनहरु मार्फत नै ढुवानि गर्ने गरेका छौं ।’ छिटो र सुरक्षीत तरीकाले सामानहरु आउन थाले पछि यातायातकै साधन बाट ढुवानी गर्ने गरेको उनले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते, मंगलवार


Scroll to Top

Janata Media