विमानस्थलमा चार्ल्स शोभराजले भने : पेरिसमा क्रिसमस मनाउँछु

जनता संवाददाता
२०७९ पुष ८ गते, शुक्रबार

काठमाडौं । नेपालबाट डिपोर्ट भएका चार्ल्स शोभराजले पेरिसमा गएर क्रिसमस मनाउने बताएका छन् ।

विमानस्थलमा कतारक उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसित उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।

उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीले बताए ।

५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भए पनि उनी खुसी देखिएका थिए । ‘उनी निक्कै खुसी भएर हामी सित बिदा हुँदै हँसिलो मुहारमा विमान चढे,’ अध्यागमनका एक कर्मचारीले भने ।

कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिसमा उत्रने छन् ।

 

प्रकाशित मिति : २०७९ पुष ८ गते, शुक्रबार


Scroll to Top

Janata Media