एमालेले बागमती संसदीय दलको नेता पुस १४ गते छान्ने

जनता संवाददाता
२०७९ पुष १२ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेशको संसदीय दलको नेता छान्न पुस १४ गते हेटौँडामा संसदीय दलको बैठक राख्ने भएको छ ।

बैठकले सकेसम्म सहमतिको आधारमा, नभए लोकतान्त्रिक विधिबाट भए पनि संसदीय दलको नेता चयन गर्ने जनाइएको छ ।

एमालेबाट सम्भावित मुख्यमन्त्रीका ३ जना दाबेदार निर्वाचनमा पराजित भएसँगै सिनियर नेता एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया (जे.एन) दलको नेता सर्वसम्मत हुने सम्भावना बढेको छ ।

दलको नेताको लागि अन्य प्रदेशसभा सदस्यहरूले सार्वजनिक रूपमा इच्छा व्यक्त नगरिसकेको अवस्थामा थपलिया नेता हुने सम्भावना बढी रहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १२ गते, मंगलवार


Scroll to Top

Janata Media