एकिकृत समाजवादीले पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउने

जनता संवाददाता
२०७९ चैत्र १५ गते, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।

स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते, बुधबार


Scroll to Top

Janata Media