निमावि तर्फ ६४७ पदमा शिक्षक छनौट नै भएनन्

जनता संवाददाता
२०७९ पुष १९ गते, मंगलवार

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर, आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन ।’

विज्ञान र गणित विषयमा मागअनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।

 

प्रकाशित मिति : २०७९ पुष १९ गते, मंगलवार


Scroll to Top

Janata Media