
बुटवल । रुपन्देहीको बुटवलमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ ।
शुक्रबार कुटपिटबाट बुटवल-१३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
गाउँमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरूको एक समूह घरमै गएर आक्रमण गरेको स्थानीयले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचार लागि बुटवलको एडमनसिटी अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।