नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

जनता संवाददाता
२०८२ बैशाख २२ गते, सोमबार

नवलपुर । नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र वडा नम्बर ४ धर्म चोक बस्ने १६ वर्षका शिशिर पन्त रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते, सोमबार


Scroll to Top

Janata Media