
कर्णवीर सार्की, बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न.२ कोल्टी बजारमा अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फान्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ सय ८४ रकम बराबरका सामग्री बरामद गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।
पछिल्लो समयमा कालो बजारीकरणा बढेको स्थानीयको गुनासो पश्चात प्रशासन बाजुरा र घरेलु विकास कार्यालय बाजुराले संयुक्त बजार अनुगमनमा तिव्रता दिएको हो ।
शुक्रबार जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौर र जगनन्नाथ गाउँपालिकाको पिलुचौरमा बजार अनुगमन गरि ६४ हजार ३ सय ६५ रकम बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको थियो ।
बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्ट, घरेलु विकास कार्यालयका पदम ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि लगायत नेपाल प्रहरी र शसत्र प्रहरीको सहभागिता रहेको थियो ।